आर्टमान्डूबाट नयाँ म्युजिकल फिल्म ‘उडान’ सार्वजनिक भएको छ।  आर्टमान्डूको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडिओमा ट्र्याक्टर ड्राइभरको जीवनशैली र नेपालको ग्रामीण परिवेशलाई प्रस्तुत गरिएको छ। आशिष अविरलको स्वर तथा संगीत रहेको गीतमा एकनारायण भण्डारीको शब्द छ। नविन चौहानले निर्देशन गरेको म्युजिक भिडिओमा सम्राट थापा, अन्जना बराइली र प्रकाश नेपालीलाई देख्न सकिन्छ। योगेश दाहालले छायांकन गरेको म्युजिक भिडिओलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्।

पाँचथर, इलामको सीमानामा रहेको सप्तमी बजारमा भिडिओको छायांकन गरिएको हो। आर्टमान्डूको पछिल्लो समय ‘फूलथुंगे रानी’ र ‘पाहुना हजुर’ लोकप्रिय छन्। ‘तीनपाते, के माया लाग्छ र?, घुमीघुमी’ जस्ता चर्चित म्युजिकल फिल्म निर्माण गरेको आर्टमान्डूले आगामी मंसिरबाट छायांकनमा जानेगरी फिल्म ‘ऊनको स्वीटर’ घोषणा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू