अर्पण गिरी ‘अरमान जंग’ को डेब्यू निर्देशित फिल्म ‘वानर सेना’ को दोस्रो गीत सार्वजनिक गरिएको छ।

फिल्ममा समावेश ‘तिम्रो जुनेली रूप’ बोलको गीतमा अर्पण गिरी र आरजु प्रसाईंलाई देख्न सकिन्छ। निर्देशक गिरीकै शब्द तथा स्वर रहेको गीतमा जोन तामाङ र निर्देशक गिरीको संगीत छ।

गिरी ग्राण्ड फिल्म्सको प्रस्तुतीमा निर्माण भएको फिल्ममा अर्पण गिरी, आरजु प्रसाईं, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशनबाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बराल, मास्टर अमित पौडेल, कामेश्वर चौरासिया, तेजस्वी बास्कोटालगायत कलाकारको अभिनय छ।

फिल्ममा विनोद सापकोटाको छायांकन, रवी केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, प्रविन ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र बन्दे प्रसादको सम्पादन रहेको छ।

फिल्मको कथा, पटकथा तथा संवाद पनि स्वयं निर्देशक गिरीले लेखेका हुन्। युवराज गिरीको लगानी रहेको फिल्मलाई करण श्रेष्ठका रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्। यो फिल्म असोज १९ गतेदेखि प्रदर्शन हुँदैछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू