हेटौंडा- हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीमा आल्मुनाई गठन भएको छ । विद्यालयले शािबार आल्मुनाई भेला एवं शुभकामना आदानप्रदान गरी पूर्वविद्यार्थी दिनेश सुवदीको अध्यक्षतामा १९ सदस्यीय तर्दथ समिति गठन गरको हो । विद्यालयले यसवर्ष रजतजयन्ती मनाउने तयारी गरेको छ । यसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमले विद्यालयबाट हालसम्म एसएलसी÷एसइई परीक्षा उत्र्तीण गरेका एक हजार दुईसय ५० जना विद्यार्थीलाई समेट्ने प्रयास गरको बताइएको छ । विद्यालयका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अरुणराज सुमार्गी रहेका थिए ।
सुमार्गीले हेटौंडा एकेडेमी जिल्लाकै अग्रणी शैक्षिक संस्था बनाउन कुनै कसर बाँकी नराख्ने उद्घोष गर्दै आल्मुनाई गठनपश्चात विद्यालयको समग्र विकासमा थप बल पुग्ने धारणा ब्यक्त गरे । कार्यक्रममा विद्यालय व्यस्थापन समितिका पूर्वअध्यक्ष उत्तम शर्माढकाल, मकवानपुर बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख एवं विद्यालयका सल्लाहकार बद्रीनाथ शर्मा, हेटौंडा–११ की वडाअध्यक्ष जुना दाहाल, वरिष्ठ साहित्यकार हयग्रीव आचार्य, नलेज भिलेजका संचालक सुर्दशन अधिकारी, त्रिभुवन माविका प्राचार्य नारायण भण्डारी, विद्यालय व्यवस्थापन समिति सदस्य अंकिता सुमार्गी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका सहभागीले आल्मुनाई गठनपश्चात विद्यालयको शैक्षिक तथा अन्य गतिबिधि अझ मजबुत भएर जाने विश्वास व्यक्त गरे । विद्यालयका प्राचार्य गौरीदेवी चिमरियाले विद्यालयले लामो इतिहास बोकेको कुरा स्मरण गराउँदैं हेटौंडा एकेडेमीबाट पास आउट भएका विद्यार्थी सबै उच्चशिक्षा हासिँल गरेर गर्विलो ठाँउमा पुगेको जानकारी गराए । नव गठित आल्मुनाईका अध्यक्ष सुवेदीलगायत सदस्यहरुले हेटौंडा एकेडेमीलाई अझ राम्रो एकेडेमी बनाउन रचनात्मक भूमिका निर्वाह सहित सहयोग गर्न लागिपर्ने कुरा व्यक्त गरे ।