एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एबम् ५ दलिय गठबन्धनको मकवानपुर तर्फबाट क्षेत्र नम्बर १ को (क) प्रदेशसभा सदस्य उम्मेदवार प्रेम बहादुर पुलामी(छिन्तु) ले मकवानपुरका माओबादी कार्यकर्ताहरुलाई गठबन्धनमा मतदान गर्न निर्देशन दिनुभएको छ । गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफ्नो दलका उम्मेदवार नभएपनि गठबन्धनको उम्मेदवार साझा उम्मेदवार भएकोले रुखमा मतदान गर्दा हँसिया र कलममा मतदान गर्दा हथौडा सम्झेर मतदान गर्न कार्यकर्तालाई सुझाउनुभयो । बर्तमान आबश्यक्ताले गठबन्धन गरिएको औंल्याउदै उहाँले गठबन्धनका साझा उम्मेदवारलाई जिताउनको लागि र साझा उम्मेदवारलाई आ—आफ्नो दलका उम्मेदवार सम्झनको लागि समेत सबैमा आग्रह गर्नुभयो ।

आफ्नो ५ बर्षिय सांसद कार्यकालमा संसद विकास कोषको रकमले आफ्नो क्षेत्रमा खास विकास भएको र बाँकी रहेको कार्यभार यसपटक पुरा हुने उहाँको भनाई रहेको छ । मकवानपुरको सबै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवार रहेको र यही उम्मेदवारहरुको जित सुनिश्चित हुनुको साथै भाबी सरकार निर्माण प्रक्रियामा सहभागी भएर मकवानपुरको विकास हुने उहाँको भनाई रहेको छ ।