नेपाली काँग्रेसकी सहमहामन्त्री एबम् मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधीसभा सदस्यको लागि ५ दलिय गठबन्धनको साझा उम्मेदवार महालक्ष्मी उपाध्याय(डिना)ले बर्तमान ब्यबस्था बिरोधीलाई यही ब्यबस्था रक्षाको निम्ती मतदान गर्न नहुने बताउनुभएको छ । गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

बर्तमान अबस्था प्राप्तीको निम्ती भएको जनआन्दोलनमा दमन गर्नको लागि महत्वपुर्ण भुमिका खेलेको ब्यक्तीलाई मतदान गर्न नहुने नेता उपाध्यायले बताउनुभयो । समग्र बिकासको लागि आफ्नो उम्मेदवारी रहेको उहाँको तर्क छ । गठबन्धनका साझा उम्मेदवारहरु नै ५ दलको उम्मेदवार भएकोले ५ वटै दलको उम्मेदवार मकवानपुरमा रहेको उहाँको भनाई छ । चुनाब चिन्ह भन्दापनि दल र उम्मेदवार महत्वपुर्ण रहेकोले निर्बाधरुपमा साझा उम्मेदवारहरुलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।