मकवानपुरमा मंगलबार कोरोनाललाई जितेर १५१ जना घर फर्किएका छन् । पछिल्लो समय मकवानपुरमा कोरोना संक्रमित बढेसंगै मकवानपुरबासी त्रसित थिए भने अहिले संक्रमित घट्दै गएको छ । मंगलबार थप १४४ जना संक्रमित थएिका छन् । पछिल्लो २४ घण्टामा संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ।

विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका १५१ जना मंगलबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । कोरोना पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका हेटौंडा नगर भित्रका १२९ जना,थाहानगर र बकैयामा १।१ जना ,मकवानपुर गढी र बागमती गाउँपालिकामा २।२जना,मनहरीमा ४ जना,भिमफेदी गाउँपालिकामा ६ जना,राक्सिराङ र कैलाश गाउँपालिकामा ३।३ जनागरी जम्मा १५१ जना कोरोना मुक्त भएका हुन।