Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समुहले स्वास्थ्य सामग्री बितरण

Company Register

मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समुहले अन्य दिनहरुका झै आज पनि सङ्क्रमण रोकथाम अभियान अन्तर्गत समुहले बिभिन्न सस्थामा स्वास्थ्य सामाग्रिहरु बितरण गरेको छ । ३ नम्बर वडाका वडाध्यक्ष भागवत घिमिरे सहितको टोलिले आज मक्रान्चुली सामुदायिक स्वास्थ्य ईकाइलाई १ थान थर्मल गन र २ थान अक्सिमिटर हस्तान्तरण गरिएको छ ।

Advertisement

दैनिक रुपमा किसानहरुको ओहोर दोहो हुने मनकामना दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडलाई पनि १ थान थर्मल गन हस्तान्तरण वडा अध्यक्ष भागवत घिमिरेले सस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाललाई हस्तान्तरण गरेका हुन । सामुदायिक कोभिड प्रतिकार्य समुहले इलाका प्रहरी कार्यालय मकवानपुरगढी ३ लाई १ थान थर्मल गन २०० थान मास्क संगै ३ लिटर स्यानिटाइजर र केही थान हात धुने साबुन हस्तान्तरण गरेको छ ।

यसै बिच समुहले मकवानपुरगढी वडा नम्वर ४ मा रहेका सक्रिय कोभिड सङ्क्रमित परिवारलाई वडाध्यक्ष भागवत घिमिरे सहितको समुहले पोषिलो खानेकुरा र स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको थियो । साथै प्रतिकार्य समुहले जनचेतनाका लागि समुदायका भिडभाड हुने ठाउमा कोभिडबाट बच्ने र सङ्क्रमण रोकथाम हुने लगाएतका सन्देश मुलक फ्लेक्स ब्यानर झुन्ड्याउने गरेको काम छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...