आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्र्रदेशसभा निर्वाचनका लागि मकवानपुरमा गठबन्धनले उम्मेद्वारको टुङ्गो लगाएको छ । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नं. १ मा गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले टिकट पाएको छ ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ मा गठबन्धनबाट एकिकृत समाजवादीका नेता विरोध खतिवडाले टिकट पाएको छ । प्रदेशसभा तर्फ गठबन्धनले मकवानपुरको क्षेत्र नं. १ को (क) मा माओवादीबाट प्रेम बहादुर पुलामी (छिन्तु) ले टिकट पाएको छ भने मकवानपुर क्षेत्र नं. १ को (ख) मा नेपाली कांग्रेसबाट आनन्दराम पराजुलीले टिकट पाएको छ ।

त्यसैगरी मकवानपुर क्षेत्र नं. २ को (क) मा नेकपा माओवादीबाट कुमारी मुक्तानले टिकट पाएको छ भने मकवानपुर क्षेत्र नं. २ को (ख) मा नेपाली कांग्रेसबाट ईन्द्र बहादुर बानियाँले टिकट पाएको छ ।