आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले सुर्य चुनाव चिन्ह लड्ने भएको छ । मकवानपुर क्षेत्र नंबर १ मा थापालाई नेकपा एमालेले सघाउने भएको छ । नेकपा एमालेबाट सुरुमा टिकट पाएका रामेश्वर रानाले अन्तिममा टिकट नपाउँदा एमाले मकवानपुरका नेताहरु रुष्ट छन् । यसैगरी राप्रपाका केन्द्रीय महामन्त्री राजाराम बर्तौलाले पनि सुर्य चुनाव चिन्हबाट निर्वाचनमा लड्ने लगभग फाईनल भएको छ ।