मकवानपुरगढीमा शुक्रबारदेखि हराईरहेका एक बृद्धको शव फेला परेको छ । अविरल बर्षा भएको दिनदेखि हराईरहेका उनको शव बिहीबार फेला परेको हो । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ जीतपुर भञ्ज्याङका ७५ बर्षीय तिर्थबहादुर खुलाल मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको शव विहिबार अपरान्ह फेला परेको प्रहरीले जनाएको छ । उनको शव तामनी खोलामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।