मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा गठबन्धनबाट पालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी वडामा भने गठबन्धनको कुरा नमिलेपछि एक्ला एक्लै आफ्नो उम्मेदवार दर्ता गराएका छन् । सोमबार मकवानपुरगढी वडा नंम्बर ३ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगरे गठबन्धनबाट पालिका अध्यक्षमा दोर्जे लामा स्याङ्तान र उपाध्यक्षमा मान कुमारी पाख्रिनले उम्मेदवार दर्ता गरेका हुन् । लामा यसअघिको निर्वाचनमा थोरै मतले एमालेका उम्मेदवार विदुर हुमागाँईसँग पराजित भएका थिए । त्यस्तै गठबन्धनमा कुरा नमिल्दा पालिकाको आठ वटैै वडामा एक्ला एक्लै आफ्ना वडाध्यक्षसहित वडा सदस्यहरुको उम्मेदवार दर्ता गराएका छन् ।