Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नेता बानियाँद्वारा १६० परिवारलाई खाद्यान्न सहयोग

Company Register

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिका १३ र १८ मा न्युन आय भएका १ सय ६० घरपरिवारलाई खाद्य सामाग्री सहयोग गरेका छन् । नेता बानियाँले बुधबार कोरोना महामारी र निशेषाज्ञाका कारण श्रम गर्न नपाएर घरमै बसिरहेका हेटौंडा १३ ठूलोथली र गुम्बाचोकमा न्युन आय भएका ९३ घरपरिवार तथा हेटौंडा १८ सुकौराका ६७ घरपरिवारलाई खाद्य सामाग्री सहयोग गरेका हुन् ।

Advertisement

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले न्यून आय भएका दुवै वडामा गरी १ सय ६० घरका प्रतिपरिवारलाई १ बोरा चामल, नुन, तेल, दाल, चनालगायतका खाद्य सामाग्रीहरु सहयोग गरेका छन् । खाद्य सामाग्रीहरु हस्तान्तरण गर्दै नेता बानियाँले जनता कोरोना महामारीको विषम परिस्थितिसंग जुधिरहँदा पनि सरकार निरिह भई जनताप्रति उत्तरदाही नभएको बताए ।

नेता बानियाँले निशेषाज्ञामा सरकारले राज्यको सम्पूर्ण संयन्त्र लगाएर जनतालाई रोग र भोकबाट मुक्त गर्नुपर्नेमा सरकारमा नेतृत्व गरिरहेकाहरु कोरोना महामारीलाई बेवास्था गर्दै राजनीतिक खिचातानीमा अल्झिरहेकाले सरकारलाई ध्यानाकर्षण गराउन कांग्रेसले मानवता देखाउँदै सन्देशमूलक उपस्थिति र दवाबसहित सहयोग गरेको बताए । नेता बानियाँले सरकारले जतिसक्दो चाँडो कोरोनालाई परास्त गर्न खोपको ब्यवस्था गरेर वर्षाको समय आईसकेका कारण बाढीपहिरोबाट हुने क्षति आंकलन गरी न्यूनिकरण गर्नुका साथै उद्दार र राहातको लागि अग्रिम सतर्कता अपनाउन केन्द्र, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...