मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिको अध्यक्षमा श्रीराम अर्जुन दहाल चयन भएका छन्, । संस्थाको १५ औं साधारण सभा तथा छैटौं अधिवेशनबाट ४ वर्षको लागि नयाँ समिति चयन गरिएको हो ।
संस्थाको उपाध्यक्षमा खडानन्द न्यौपाने,कोषाध्यक्षमा केशरी माया लामा, सचिवमा दामोदर अधिकारी चयन भएका छन्, । सदस्यहरुमा भने सावित्री तिमल्सिना, श्याम प्रसाद ढुङ्गाना, सानु मायाँ थिङ, लक्ष्मी देवी दुलाल र यम प्रसाद आचार्य रहेका छन्, ।

त्यसैगरी लेखा समितिको संयोजकमा चण्डिका पौडेल र सदस्यहरुमा जसोदा लम्साल गुणनिधि बजगाई रहेका छन्, ।
संस्थाका अध्यक्ष चण्डिका पौडेलको सभाध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष जीत बहादुर घिमिरेको प्रमुख अतिथ्यतामा सभा भएको थियो ।

संस्थाले विभिन्न विधामा रहि सम्मान तथा पुरस्कृत गरिएको थियो । जसमा असल ऋणीतर्फ अर्जुन बहादुर रुम्बा र भीममाया थिङ, असल बचत कर्तामा अम्बिका तिमल्सिना र यम प्रसाद आचार्य रहेका छन्, । जेष्ठ शेयर सदस्यमा भने सहकारीले भीमकुमारी दुलाललाई सम्मान गरेको थियो ।

सभामा उत्कृष्ठ हुने समुहमध्येबाट जनज्योती आयआर्जन समुह प्रथम, इन्द्रकमल आयआर्जन समुह द्धितिय, हिमचुली आयआर्जन समुह तृतिय र बंशगोपाल र देवीथान आय आर्जन समुह सान्त्वना भएका थिए ।

कार्यक्रममा वडा सदस्य हिरा बहादुर दोङ, संस्थापक अध्यक्ष गुणनिधि ढकाल, पुर्व अध्यक्ष थलनाथ घिमिरे, शिक्षक बलराम फुयाँल, समाजसेवी रामकुमार खड्का लगायतको अतिथ्यता रहेको थियो ।