काठमाडौँ – नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमका प्रवक्ता बिनितमणि उपाध्ययका अनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको हो। मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

आईओसीले डिसेम्बर एकमा दिएको नयाँ मूल्य सूचीअनुसार स्वचालित मूल्य कार्यान्वयन विधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।