Comments Add Comment

१२ वटा घरमा गरियो सर्वेक्षण, भोली पनि निरन्तरता दिईने

१९ साउन, मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा डेंगुको संक्रमण भएका बिरामीहरु भेटिएपछि आईतबारबाट सर्वेक्षण गरिएको छ ।

उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित बुद्ध टोल, कमल डाँडाँमा अवस्थित घर, विद्यालय तथा स्क्रयाब गरि १२ स्थानमा सर्वेक्षण गरिएको हो ।

सर्वेक्षणका क्रममा सत्यम जेभियर्स ईंगलिस बोर्डिंग स्कूलमा डेंगु सार्ने लामखुट्टेको लार्भा, प्युपा र वयस्क लामखुट्टे भेटिएको छ भने ११ स्थानमा लार्भा र प्युपा भेटिएको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडा मकवानपुरकी जुनियर इन्टामोलोजीस्ट राधा सुवेदीले जानकारी दिईन् ।

डेंगु सार्ने लामखुट्टेको लार्भा, प्युपा र वयस्क लामखुट्टे भेटिएको स्थानमा डेंगुबाट बच्ने उपायहरु बताउनुका साथै जम्मा भएका पानीमा भेटिएको लार्भा र प्युपालाई निस्क्रिय गर्नको लागि पनि जानकारी गराईएको बताउँदै उक्त कार्यलाई भोली पनि निरन्तरता दिने लालखबरलाई बताईन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय, मकवानपुर, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडा मकवानपुर, हेटौंडा उपमहानगरपालिकाले आजबाट डेंगु सार्ने लामखुट्टेको सर्वेक्षण गरेको हो ।

उपमहानगरपालिका–४ मा डेंगुका संक्रमित बिरामीहरु धेरै भेटिएकोले वडा नम्बर ४ को बुद्ध टोलबाट नै सर्वेक्षणको सुरुवात गरिएको हो ।

सर्वेक्षणका लागि गएको टोलीले डेंगु सर्ने तरिका र यसको रोकथामका लागि पनि सुझाव दिएको छ । सर्वेक्षणमा हेटौंडा अस्पतालका डा. हरि बहादुर खड्का, हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्की, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडा मकवानपुरका इन्टामोलोजीस्ट शिशिर पन्त, जुनियर इन्टामोलोजीस्ट दिपक कुमार साह लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर