Comments Add Comment

मकवानपुरमा एमालेका ६ जना उम्मेदवार घरदैलो र कोणसभा व्यस्त, स्थानीयका समस्या पुरा गर्ने प्रतिवद्धता

नेकपा एमालेका तर्फबाट मकवानपुर जिल्लामा प्रतिनिधीसभा र प्रदेशसभामा उम्मेदवारहरु अहिले घरदैलो कार्यक्रम र कोणसभाहरुमा व्यस्त रहेका छन् । जनतामाझ आफ्ना योजनाहरु सुनाउँदै उम्मेदवारहरु घरदैलो र कोणसभामा व्यस्त भएका हुन् । एमालेका दुइजना प्रतिनिधीसभाका सदस्यका उम्मेदवार कमल थापा र महेश बर्तौला बिहान देखि वेलुका सम्म घरदैलो र कोणसभामा व्यस्त भएका हुन् । त्यसैगरी प्रदेशसभाका उम्मेदवारहरु कमल विष्ठ, एकालाल श्रेष्ठ, बिष्णु प्रसाद ढकाल र लालबहादुर थामा आफ्ना चुनावी कार्यक्रममा व्यस्त रहनु भएको छ ।

एमालेका तर्फबाट क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा र क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ को चौघडा बजार, हात्तिलेट, चुच्चेखोला, गौरीटार लगायतका क्षेत्रमा घरदैलो र कोणसभामा व्यस्त रहनुभयो । यसैगरी क्षेत्र नम्बर–१ को (क) उम्मेदवार कमल विष्ठ भने आज हेटौंडा–१६ हटिया र बकैयाँ गाउँपालिका वडा नम्बर–७ मा चुनावी कार्यक्रममा व्यस्त रहनुभयो ।

यसैगरी मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौला र क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार बिष्णु प्रसाद ढकाल आज मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरी, कुलेखानी, फाखेल लगायतका क्षेत्रमा कोणसभा भएको छ । कार्यक्रममा स्थानीय स्तरमा परेका समस्या समाधान गर्न लाग्ने उम्मेदवारहरुले वताएका छन् । शिक्षा, स्वास्थ्य, सडक, विजुली लगायतका क्षेत्रमा काम गर्ने उनीहरुले वताएका छन् । यसैगरी मकवानपुर क्षेत्र नम्बर–२ को ९ख० का उम्मेदवार लाल बहादुर थापाले आज राक्सिराङ गाउँपालिकाको वडा नम्बर–६ र ७ को पायक पर्नेगरी सिलिङ्गेमा सभा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर