
काठमाडौं – सरकारले सशस्त्र प्रहरीका तीन जना अतिरिक्त महानिरीक्षक (A I G)को सरुवा गरेको छ ।
A I G पुष्पराम केसीलाई सीमा सुरक्षा विभागबाट प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको छ ।
सीमा सुरक्षा विभागमा मानव स्रोत विभागमा रहेका A I G नारायण बाबु थापालाई पठाएको मन्त्रिपरिषद्ले जनाएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा प्रशिक्षण प्रतिष्ठानमा रहेका A I G रामशरण पौडेललाई पठाएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




