Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोरोनाका कारण २५ शिक्षकको मृत्यू

स्थानीय सरकारद्वारा शिक्षकमाथि रबैयाको आरोप

Company Register

 

पछिल्लो समय कोरोना भाईरस कोभिड १९ का कारण देशभर २५ जना शिक्षकले ज्यान गुमाएका छन् । गत वर्ष क्षति भएको शैक्षिक सत्रलाई पूरा गराउन र नियमित सत्रलाई चालू राख्न शिक्षकहरु कार्यथलोमा खटिने क्रममा नै उनिहरु कोरोना भाईरसको संक्रमणमा परेका हुन् । कतिपय शिक्षकहरु अहिलेपनि कोरोना भाईरस संक्रमणबाट उपचाररत छन् भने यही क्रममा नै देशभरबाट २५ जना शिक्षकले ज्यान गुमाउन पुगेका हुन् ।

Advertisement

दैनिक रुपमा सार्वजनिक स्थल पुगी समुदायको प्रत्यक्ष जमघट हुने विद्यालयमा अध्ययन अध्यापन गराउने शिक्षक विद्यार्थीलाई राज्यले प्राथमिकता सूचीमा नराखेका कारण ठूलो क्षती ब्योहोर्नुपरेकोमा सर्वत्र आलोचना शुरु भएको छ । कोरोना भाईरसको भ्याक्सिन लगाउने सूचीमा शिक्षक विद्यार्थीलाई राज्यले सौतेनी ब्यवहार गरेको शिक्षकहरुको आरोप रहेको छ ।

कोरोना भाईरस कोभिड १९ को दोस्रो लहड चलेसंगै यो समाचार तयार पार्दासम्म देशभरका २५ जना शिक्षकले ज्यान गुमाईसकेका छन् । यसरी ज्यान गुमाउनेहरुमा मनिषा थापा बाँके, दुर्गा रेग्मी बर्दिया, लोकराज भट्ट कन्चनपुर, मन्जु के सी कन्चनपुर, पार्वती न्यौपाने वर्दिया, रुपा चटर्जी बाँके, हरिभक्त रोकय जाजरकोट, धर्मानन्द ओझा डडेलधुरा, नवराज कालाथोकी दाङ, घनश्याम चौधरी, नवलपरासी, नवराज सापकोटा ललितपुर, चन्द्राबती गुरुङ ललितपुर, सन्जिव पन्त ललितपुर, मदन कुमार शर्मा, दाङ, वम बहादुर कुवर गुल्मी, टेक बहादुर पाण्डे रुकुम, बशुधा खड्गी मकवानपुर, नारायण ज्ञवाली रुपन्देहि, रामबाबु यादव, बसबिट्टी, महोत्तरी, नर्वदेश्वर चौधरी रुपन्देही, नवराज सापकोटा ललितपुर, सञ्जीव पन्त ललितपुर, निर्मल मिश्र , कैलाली, शिव पोखरेल डोल्पा, केशव काफ्ले कपिलवस्तु (स्रोत सामाजिक सञ्जाल ) रहेका छन् ।

यता स्थानीय सरकारहरुद्वारा शिक्षकलाई विद्यार्थी नभएका समयमा पनि विद्यालय जान वाध्य पार्ने रवैया देखाएको आरोप सामाजिक सञ्जालमा देखिन थालेका छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका पोखरी नारायणथानको शिक्षा युवा तथा खेलकुद शाखाले सूचना नै जारी गर्दै संघिय सरकारले देशका सबै विद्यालय बन्द गर्न भनेका बेला शिक्षकलाई अनिवार्य विद्यालय जान परिपत्र गरेको प्रति सामाजिक सञ्जालमा तीब्र आलोचना भएको छ ।

यो संगै संकटका बेला शिक्षकलाई हाजिर गर्नमात्रै भएपनि विद्यालय जानैपर्छ भनेर निर्देशन गर्नु स्थानीय सरकारको रबैया भएको शिक्षकहरुले आरोप लगाएका छन् । निषेधाज्ञा भएका स्थलबाट नभएका स्थानमा रहेको विद्यालयमा पुग्नुपर्ने शिक्षकहरु आफूहरु समस्यामा परेको बताउँछन् । स्थानीय सरकारले स्थानीयको समस्या बुझ्नुपर्नेमा पहिलेको भन्दा ज्यादा सास्ती खेप्नुपरेको उनिहरुको गुनासो छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...