Menu

अमेरिकाको ओहायोमा फेरि गोली चल्यो, नौजनाको मृत्यु

साउन १९, २०७६ अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ। गोलीकान्डमा अरू १६ जना घाइते भएका र उनीहरूलाई स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ।

ओरेगनको डेटनस्थित एउटा मदिरा पसल बाहिर गोलीकान्ड भएको हो। आक्रमण के कारणले गरिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको सहायक प्रहरी प्रमुख म्यान कार्बरले बताए। आक्रमणकारीले कुन उद्देश्यले उक्त घटना घटाए भन्ने बारेमा खोजी भइरहेको उनले बताए। घटनाको अनुसन्धानमा सघाउन संघीय जाँच व्युरो (एफबिआइ)का गुप्तचरहरू पनि घटनास्थलमा पुगेको बताइएको छ।

अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो। उक्त घटनामा अन्य २६ जना घाइते भएको घटनाको चर्चा र शोक सेलाउन नपाउदै यो गोलिकाण्डले अर्को पीडा थपेको छ । अमेरिकामा सन् २०१९ लागेपछि २१६ दिनमा यो समेत २५२ गोलीकाण्ड भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad