मकवानपुर प्रहरीले ५ किलो अफिम बरामद गरेको छ । आईतबार ईलाका प्रहरी कार्यालय नेवारपानीको प्रहरी टोलीले हेटौँडा–१९ नेवारपानीमा चेकजाँच गर्ने क्रममा मनहरीबाट हेटौँडा तर्फ आउँदै गरेको ना ४३ प ५७८४ नम्बरको पल्सर मोटरसाइकलबाट ५ केजी अफिम बरामद गरेको हो । अफिम ओसार्ने दुइजना भने फरार रहेका छन् । फरार रहेकाको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ । अहिले उक्त अफिमको बजार मुल्य ५ लाख भएको प्रहरीले बताएका छन् ।