Comments Add Comment

हेटौंडामा नेपाल तामाङ घेदुङ र साँस्कृति घेदुङ मकवानपुरको तेस्रो जिल्ला अधिबेशन सम्पन्न

नेपाल तामाङ घेदुङको भातृ संस्था युवा घेदुङ र साँस्कृति घेदुङ मकवानपुरको तेस्रो जिल्ला अधिबेशन शनिबार हेटौडामा सम्पन्न भएको छ । अधिबेशनले नेपाल तामाङ युवा घेदुङको अध्यक्षमा सुनिल लोप्चन तामाङ र साँस्कृति घेदुङको अध्यक्षमा शुक्रमान गोले चयन भएका छन् । नेपाल तामाङ युवा घेदुङ मकवानपुरको अध्यक्ष सुनिल लोप्चनको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन् । उपाध्यक्षमा बिष्णुहरी वाइबा, महिला उपाध्यक्षमा अनिता सिन्तान, सचिबमा सर्मिला मोक्तान, कोषाध्यक्षमा जिमी लामा, सह(सचिबमा सुबर्ण लामा, सदस्यहरुमा बिजय पाख्रिन, सुसन भोलन, ताराबहादुर योञ्जन, मिलन घलान, सोमबहादुर तामाङ, बसन्त थिङ, कपिलदेव बम्जन, इन्द्रबहादुर भोलन, राजकुमार तितुङ, बिधान रुम्बा, र बिबेक लामा चयन भएका छन् । त्यस्तै, युवा घेदुङको केन्द्रिय महाधिबेशनको लागि सबिन मोक्तान र रोशन गोले तामाङलाई छनोट गरिएको छ ।

त्यस्तै नेपाल तामाङ सास्कृतिक घेदुङ मकवानपुरको अध्यक्ष शुक्रमान गोलेको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा प्रकाश तितुङ, महिला उपाध्यक्षमा कमला भोलन, सचिबमा गौरीमाया लामा, कोषाध्यक्षमा सुमित्र थिङ, सह–सचिबमा राजेन्द्र घलान, सदस्यहरुमा माया घलान, सुन्दर लामा, हर्कबहादुर पाख्रिन, सुनालाल मोक्तान, कृष्णबहादुर भोलन, हिमाल लुङ्बा, हेमकुमार तितुङ, धिरेन लामा, केशर सिं मोक्तान, लालबहादुर मोक्तान, हरिबहादुर पाख्रिन, अमृत तामाङ लुङ्बा लगायत चयन भएका छन् । त्यस्तै, नेपाल तामाङ सास्कृतिक घेदुङको केन्द्रिय महाधिबेशनको लागि शुक्रमान गोले आत्माराम मोक्तान र कमला भोलनलाई छनोट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर