मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकाले फागुन २० गते (मंगलबार) का लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाँउपालिकाले माझी जातिहरुको पर्व लदिको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । आइतबार सूचना प्रकाशन गरि फागुन २० गते मंगलबार गाउँपालिका क्षेत्रभित्र लागु हुने गरि सार्वजनिक विदा दिएको जानकारी दिएको हो ।