Comments Add Comment

नेपालमा पनि कोरोनाको आशँकामा आइतबार ४ जना अस्पताल भर्ना

विदेशबाट आएका चार जनालाई कोरोना भाइरस संक्रमणको आशंकामा आईतबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ । हालै दक्षिण कोरियाबाट फर्किएका २ जनालाई आइतबार साँझ अस्पताल भर्ना गरिएको हो भने दिउँसो अन्य दुई जनालाई पनि अस्पताल भर्ना गरिएको थियो । रूघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोनाको आशंका गर्दै अस्पताल आइपुगेका दुई जना पुरूषलाई अस्पताल आइसोलेसनमा भर्ना गरिएको टेकु अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिए ।

डा बास्तोलाका अनुसार कोरोनाको संक्रमण फैलिएको कोरियाबाट उनीहरु आएको १४ दिन पूरा नभएको र कोरोनाको लक्षण देखिएपछि उनीहरूलाई आइसोलेसनमा भर्ना गरिएको हो । साँझमात्र अस्पताल भर्ना भएकाले उनीहरूको कोरोना भाइरसको परीक्षणका लागि नमुना भने आज सोमबार बिहान लिने अस्पतालले तयारी गरेको छ । यसअघि दिउँसो भर्ना भएका दुई जनाको नमुना परीक्षणका लागि पठाइसकिएको र रिपोर्ट आउन बाँकी रहेको उनले जनाए । कोरियाबाट नेपाल फर्किएको १४ दिन पनि नपुगेको रहेछ’, डाक्टर बास्तोलाले खबरहबसँग भने, ‘कोरोना प्रभावित देशबाट फर्किएको र लक्षण पनि कोरोनासँग मिल्दोजुल्दो देखिएकाले हामीले आइसोलेसनमा भर्ना गरेका हौं । उहाँहरूको कोरानाको जाँच भोलि बिहान हुनेछ ।’ यसअघि भर्ना भएका दुइमध्ये एक जना कोरियाबाटै फर्किएका नेपाली र अर्का चीनमा नेपाल आएका विदेशी नागरिक रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर