Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नेकपाले विज्ञप्ती निकाल्दै भन्यो ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने विप्लवका कार्यकर्ता

Company Register

नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी जुम्लाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि भएको निन्दनीय कार्यको भर्त्सना गर्दै संलग्न व्यक्तिलाई कारबाहीको माग गरेको छ । जिल्ला कमिटी जुम्लाले विज्ञप्ति जारी गर्दै काठमाडौंको राष्ट्रियसभागृहमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डमाथि निन्दनीय कार्य गर्ने रतन तिरुवालाई कारबाहीको माग गरेको हो ।

Advertisement

तिरुवा नेकपाको समर्थक नभइ विप्लव नेकपाको गतिविधिमा संलग्न रहेको समेत विज्ञप्तिमा जनाइएको छ । नेकपा जुम्ला जिल्ला अध्यक्ष विर बहादु कुवरले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उनी जुम्लामा पनि पटक–पटक अराजनीतिक कार्यमा संलग्न रहेको र नेपाल प्रहरीको पनि खोजीमा रहेको व्यक्ति हो । सार्वजनिक स्थलमा घृणित कार्य गर्ने रतन तिरुवा भन्ने व्यक्तिलाई कानून बमोजिम कडाभन्दा कडा कारबाहीको माग गर्दछु ।’

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...