अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्। अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार मतदान गरिएको थियो। गए राति मतगणना गरिएकोमा बिहान अन्तिम नतिजा भएको हो । उक्त नजिता अनुसार अध्यक्षमा बडाल विजयी भएको अनेरास्ववियुका एक नेताले जानकारी दिए।

बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्। उनी काभ्रेको रोसी गाउँपालिका ९ का हुन्। बडालले अध्यक्षमा आरसी लामिछानेलाई हराएका हुन्। उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन्। नरेश रोकाया महासचिव निर्वाचित भएका छन्। सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्। यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्। अधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए। मतपरिणाम औपचारिक रूपमा घोषणा गर्न बाँकी छ।

अनलाइनपत्र संवाददाता

Next Post

मनहरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

Tue Feb 21 , 2023
मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ । मनहरी–४ बसोबास गर्ने ६४ वर्षीया राधा अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो । सोमबार बिहान घरको करेसाबारीमा काम गर्दैगर्दा जंगली हात्तीले आक्रमण गरेको थियो । उनलाई हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार लागि ल्याइएकोमा थप उपचारको लागि चितवनको नयाँ मेडिकल […]

सम्बन्धित खबर