Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज मौसममा बदली, हावाहुरीसहित वर्षाको सम्भावना

Company Register

काठमाडौं – स्थानीय तथा पश्विमी वायुको प्रभाव रहेकाले आज मौसममा बदली भइरहने जल तथा मौसम विभागले जनाएको छ ।

हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सर्वसाधारणलाई सचेत हुन महाशाखाले आग्रह पनि गरेको छ ।

Advertisement

महाशाखाका अनुसार हाल देशको पूर्वी र पश्चिमी भूभागका साथै मध्यका पहाडी भूभागमा आंशिकदेखि सामान्य रुपमा बादल लाग्ने छ ।

दिउँसो देशभर सामान्यतया बादल लाग्ने तथा मध्य र पूर्वका केही स्थान र पश्विमीका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य रुपमा बादल लाग्ने छ । पहाडी भूभागका थोरै स्थान र तराईका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...