Comments Add Comment

सुनको भाउ तोलामा ९ सय रुपैयाँ घट्यो

काठमाडौं – बिहीबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।

यस दिन चाँदीको भाउ प्रतितोला १३ सय  २० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो । यस दिन चाँदीको भाउ प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर