काठमाडौं – सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

यसदिन चाँदीको भाउ प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो । यस दिन चाँदीको भाउ प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको थियो ।