Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हिरोले ल्यायो नयाँ स्कुटर, कति मुल्य ?

Company Register

हिरो मोटोकर्पले भारतमा नयाँ स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले ‘मेस्ट्रो एज १२५’ नयाँ अप्सन सार्वजनिक गरेको हो। यसलाई कम्पनीले ‘मेस्ट्रो एज १२५ स्टिल्थ’ नाम दिएको छ। नवभारत टाइम्सका अनुसार यो स्कुटरको इन्जिन क्षमता १२५ सिसी छ। यो स्कुटरको फ्यूल एन्जेक्टेड भेरियन्टले ७ हजार आपिएममा ९।२ एचपी पावर र ५ हजार आरपिएममा १०।२ एनएम टर्क जेनेरेट गर्छ।

Advertisement

त्यस्तै कार्वोरेटर भेरियन्टको स्कुटरले ६ हजार ७ सय ५० आरपिएममा ८।८३ एचपी पावर र ५ हजार आरपिएममा १०।२ एनएम टर्क जेनेरेट गर्छ। यसमा रहेको स्टार्ट स्टप टेक्नोलोजिले ९हिरो आई३एस०ले माइलेज धेरै दिने कम्पनीको दावी छ। यसको सिटमुनी युएसपोर्ट दिइएको छ। जसले गर्दा यात्राको समयमा मोवाइल चार्ज गर्न सकिन्छ। यसको अगाडिको चक्का १२ इन्च र पछाडिको १० इन्चको छ। यो ४ वटा रङ्गमा उपलब्ध छ। कम्पनीले भारतमा यसको मूल्य ७२ हजार ९ सय ५० रुपैयाँ निर्धारण गरेको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...