नेपाली कांग्रेसको सहमहामन्त्रीमा भीष्मराज आङ्दम्बे विजयी भएका छन् । विहीबार राति सम्पन्न मतगणनामा देउवा प्यानलका उनले कोइराला प्यानलका उम्मेदवार विकास लामालाई पराजित गरेका हुन् । आङ्दम्बेले २७११ मत पाए भने विकास लामाले १९१३ मत पाएका छन् ।