काठमाडौं – सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार दुई सय ४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । 

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार दुई सय ४६ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार पाँच सय ७३ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए । साथै ४२ हजार ९ सय ४९ जनाले कोरोनालाई जितेका छन् ।