काठमाडौं – सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्य पदको सपथ ग्रहण गरेका छन् । 

सिंहदरबारस्थित संसद सचिवालयमा बिहीवार आयोजित समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई राष्ट्रिय सभा सदस्य पदको शपथ ग्रहण गराएका हुन् । 

सरकारको सिफारिसमा बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीतका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।