Comments Add Comment

बागमती प्रदेशमा आजदेखि ७० अंक ल्याए ट्रायल पास हुने

आजदेखि बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली लागु हुने भएको छ । नयाँ प्रणाली लागु हुनु भन्दा अगाडी सोमबार परीक्षण प्रदर्शन गरिएको हो । यातायात व्यवस्था कार्यालय चाबहिलको ट्रायल सेन्टरमा भएको परीक्षणमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठ, मुख्य सचिव मुकुन्दप्रसाद निरौला लगायतले परीक्षणको अवलोकन गरेका छन् ।

ट्रायलका बेला हुने सामान्य त्रुटिमा पनि फेल गराउँदा लाइसेन्स वितरणमा ढिलाइ हुनुको साथै चालकहरूले अवैधानिक रूपमा लाइसेन्स निकाल्ने प्रचलन बढेपछि ७० अङ्क आए पास हुने प्रणाली कार्यान्वयन गर्न लागिएको हो । ७० प्रतिशतको व्यवस्थापनले चालक अनुमतिपत्र प्राप्त गर्दा हुने झण्झटलाई न्युनीकरण गर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै