नेपाल पत्रकार महासंघ मकवानपुरका सचिब गणेश दर्पण अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंसिर १ गतेदेखी रुघाखोकी , ज्वरो , ज्यान दुख्ने , गल्ने हुने जस्तो लक्षण भएकोले हिजो बिहिवार मनहरी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसनमा स्वाब दिएर हेटौंडाको प्रयोगशालामा परिक्षण गरिएकोमा बिहिवार साँझ अबेर आएकोको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अधिकारीले बताए । हाल उनि होम आइसोलेसनमा रहेको छ । स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले फोन संवादमा बताए । केही दिनदेखि आफ्नो सम्पर्कमा रहेकाहरुलाई सचेत रहन समेत उनले आग्रह गरेका छन् ।