यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

जापानमा एकैदिन २ हजारभन्दा बढी संक्रमित थपिए


जापानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । अर्को वर्ष ओलम्पिक आयोजना गर्न लागेको जापानका सरकारी अधिकारीहरु महामारी थप फैलिँदै गएपछि चिन्तित भएका छन् । महामारी नियन्त्रण गर्नका लागि अन्य देशहरुको तुलनामा राम्रो व्यवस्थापन तथा नियन्त्रण गरेको जापानमा अहिलेसम्म दुई हजारभन्दा कमको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले विहिबार दिएको जानकारीअनुसार पछिल्लो एकैदिनमा दुई हजार १७९ जना सङ्क्रमित भएका हुन् । एकैदिनमा दुई हजारभन्दा बढी सङ्क्रमित भएको यो पहिलो पटक भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । भाइरसको महामारी बढ्दै गएपछि प्रधानमन्त्री योशिहिडे सुगाले उच्च सतर्कता अपनाउन सबैलाई आह्वान गरेका छन् । उनले मास्कको प्रयोग गर्न पनि आग्रह गरेका छन् ।