यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।



कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक र नागरिकता मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । आठ वर्ष अगाडि २२ वर्षीय किशोरलाई अपहरण गरेर कर्तव्य गरी मारेर फरार रहँदै आएका एकडारा गाउँपालिका–३ का जीवन अन्सारीलाई महोत्तरीको जलेश्वर नपा–३ भिठ्ठामोडबाट बुधबार प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।

Advertisement
जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका अन्सारीलाई सार्वजनिक गरेको हो । प्रहरी उपरीक्षक केसीका अनुसार पक्राउ परेका अन्सारीले चाररपाँच जनासँग मिलेर विसं २०६९ चैत ४ गते जिल्लाकै सोनमा गाउँपालिका–८ का श्याम राय यादवका छोरा कक्षा १२ मा अध्ययनरत २२ वर्षीय पङ्कज यादवलाई ललाइफकाई जलेश्वर घुमाउने भनी ल्याएर अपहरण गरी लागुऔषध सेवन गराई अर्धचेत भएपछि जलेश्वर नपा–१ स्थित राविम क्याम्पसको चौरमा निजको घाँटी रेटी हत्या गरेका थिए । पङ्कज धनुषाको जनकपुर नगरपालिकाको पिडाडीचोकमा डेरा गरी बस्दै आएका थिए ।