काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्।
देशका विभिन्न प्रयोगशालामा १७ हजार १ सय ७६ जनाको परीक्षण गर्दा ७ हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको हा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६ सय ५८ जनामा पिसिआर र ५ सय १८ जनामा एन्टिजेन परीक्षण गरिएको हो।

पिसिआर परीक्षणमा ७ हजार ३ सय ८८ र एन्टिजेन परीक्षणमा ६० जनाको रिपोर्ट पोजेटिभ आएको हो। आज सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ। गत २४ घण्टामा ३७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने २ हजार २१ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ। आज देशभर २ सय १२ जना क्वारेन्टाइनमा रहेका छन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




