Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आजको मौसम कस्तो?

Company Register

काठमाण्डाै – आज देशका पहाडीबाहेक अरु क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

आज पहाडी भेगको एक/दुई ठाउँमा भने सामान्य पानी पर्ने सम्भावना रहेकाे महाशाखाका मौसमविद् सजिना शाक्यलले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभावका कारण पहाडी भेगको १/२ ठाउँमा सामान्य खालको पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ । मौसमविद् शाक्यका अनुसार देशको अरु ठाउँको मौसम हिजोभन्दा आज अलि सफा हुने अनुमान छ ।

आज हिजोको तुलनामा बादल कम र घाम बढी लाग्नेछ । काठमाण्डौ उपत्यकाको आज बिहानको तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान ११ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...