नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ब्लड प्रेसर बढे पछि शनिबार ललितपुरको मेडिसिटी अस्पतालमा एक दिनका लागि भर्ना भएका छन् । डोल्पा भ्रमणबाट फर्किएपछि अचानक रक्तचाप बढेकाले उनलाई शुक्रबारदेखि निगरानीमा राखिएको थियो।

शनिबार बिहान करेलाको झोल खाएपछि उनको रक्तचाप असन्तुलित बनेकाले उनलाई दिउँसो मेडिसिटी अस्पताल पुर्‍याइएको थियो। प्रचण्डको सचिवालयकाअनुसार अस्पतालमा चिकित्सकहरूले उनको रक्तचाप नियन्त्रणमा लिए पनि निगरानीका लागि एक रात अस्पतालमै राखिने निर्णय लिइएको हो।