मुलुक सुधार्न राजनीतिक नेतृत्व सुध्रर्नुपर्छ – उद्योगमन्त्री यादव

अनलाइन पत्र संवाददाता२०७६-०३-२० No Comments

उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मात्रृका प्रसाद यादबले मुलुकको सुधारका लागि राजनीतिक नेतृत्व सुध्रनुपर्ने वताउनु भएको छ । हेटौंडा औद्योगिक क्षेत्रमा नव निर्मित टैंकर क्यालीब्रेशन टावरको शुक्रबार उद्घाटन् गर्दै उहाँले जनताको अगाडी राजनीतिक नेतृत्व र कर्मचारी तन्त्र बदनाम भएको आरोप पनि लगाउनुभयो ।

तेल क्षेत्रमा कर्मचारी देखि राजनीतिक तह सम्म वदनाम भएको उहाँले बताउनुभयो । अव यस क्षेत्रमा भएको कमी कमजोरी सुधार गर्नका लागि क्यालीब्रेशन टावरको निर्माण गरिएको समेत उहाँले वताउनुभयो । बिक्रृति विरुद्धको आन्दोलनको आवस्यक्ता रहेको भन्दै मन्त्री यादवले अवको आन्दोलन भनेको बिकृति, विसंगति विरुद्धको आन्दोलन सुरु गर्ने बेला रहेको तथा मुलुकका धेरै क्षेत्रका आन्दोलन सकिएकाले अव बिकृति बिरुद्धको आन्दोलन आवस्यक रहेको औल्याउनुभयो ।

भाषण गर्नका लागि सजिलो भएपनि राजनीतिमा सुधार गर्नका लागि निकै गा¥हो रहेको भन्दै मन्त्री यादवले भन्नुभयो– ‘हामी राम्रो भएमा अरु सबै ठिक हुन्छ । पहिले हामी आफै ठिक हुन जरुरी छ ।’ अब मुलुकको समृद्ध यात्रामा जुट्नका लागि उहाँले आग्रह समेत गर्नुुभयो । कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एमकुमारी खतिवडाले पहिलो पटक नेपालमा यस्तोे प्रयोगको सुरुवात गरिएको वताउनुभयो । यसको परिक्षणपछी उपभोक्ताको हक हितका लागि काम हुने उहाँले वताउनुभयो । कर्मचारी तन्त्रले तेल क्षेत्रमा नराम्रो काम गरेमा कार्बाही गर्न आफु तयार रहेको उहाँले वताउनुभयो ।

By  अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad