Comments Add Comment

पर्साबाट लागुऔषधसहित एक भारतीय पक्राउ

साउन २०, २०७६ पर्सा : भारतबाट नेपालमा भित्र्याइसकेको ३०० थान तयारी अवस्थाको प्रतिबन्धित लागुऔषधसहित पर्सा प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ। पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकस्थित सडक खण्डबाट प्रहरीले सोमबार बिहान करिब ८ बजे प्रतिबन्धित लागुऔषधसहित एक भारतीयलाई पक्राउ गरेको हो।

पक्राउ परेका अभियुक्तले आफूले लगाएको पैन्ट र भेष्टभित्र शरीरको खुट्टा र कम्बरमा टेपले बाँधेर माथिबाट कपडाले छोपी लुकाई–छिपाई नुर्फिन, फेनार्गन र डाइजेल्याब १००⁄१०० थान लिएर नेपालमा छिरिसकेको अवस्थामा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।  उनी शंकास्पद अवस्थामा पैदल नै हिँडिराखेको अवस्थामा प्रहरीलाई शंका लागि चेकजाँच गर्दा भारत बिहारथाना गौनाहा भितिअर्वा ग्राम पञ्चायत वडा नम्बर ५ बस्ने बर्ष २० को महन्थ राम लागुऔषधसहित पक्राउ परेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए। अभियुक्तलाई लागुऔषध मुद्दामा थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर