Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

बकैयामा वाइबाको हत्या गरी फरार रहेका भ्लोनलाई पक्राउ गरी सार्वजनिक

Company Register

बैकया गाउँपालिका वडा नम्बर–४ का २१ वर्षीय विकास वाइवाको हत्या गरी फरार रहेका भीमराज भ्लोनलाई मकवानपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार दिउसो हत्या गरी फरार भएको उनलाई प्रहरीले मकवानपुरको सिमाना ललितपुरको बागमती गाउँपालिका वडा नम्बर –२ माल्टाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्याललय मकवानपुरका प्रहरी उपरीक्षक सुसिलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए । उनलाई पक्राउ गर्न मकवानपुर प्रहरी प्रमुख एसपी सुशील सिंह राठौर सहित ईलाका प्रहरी कार्यालय ठिङगन,प्रहरी चौकी भट्टेडाडाँ ललितपुरबाट टोली खटि गएको थियो। मकवानपुर प्रहरीले हत्या गरी फरार रहेका उनलाई २४ घण्टाभित्र पक्राउ गर्न सफल भएको छ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...