विद्युत् प्राधिकरण हेटौंडा बितरण केन्द्रले पुरानो मिटरको साटो धमाधम ‘स्मार्ट’ मिटर जडान गर्दै आएको छ । घरघरमा रिडिङ गर्न नपर्ने गरी प्राधिकरणले स्मार्ट मिटर फेर्न थालेको हो । स्मार्ट मिटर जडानस“गै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनईए’ कार्यान्वयनतर्फ गएको छ । यसले समग्र बिजुली प्रसारण तथा खपतको क्षेत्रमा आधुनिक प्रणाली स्थापना गर्न समेत मद्धत मिल्ने अपेक्षा गरिएको छ । प्राधिकरणका थ्रीफेज र सिंगल फेज गरी दुई किसिमका मिटर रहेको र सिंगल फेजमा ७० हजार र थ्रीफेजमा १ हजार २ सय ७१ जनाले सेवा लि“दै आएको विद्युत् प्राधिकरण हेटौंडा प्रमुख योगेन्द्र ठाकुरले बताए । थ्रीफेजका १ हजार २ सय ७१ वटामा स्मार्ट मिटर फेर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले ६ सय ३५ वटा स्मार्ट मिटर फेरिसकेको ठाकुरले जानकारी दिए ।

स्मार्ट मिटर हेटौंडा, बकैया गाउ“पालिका, मनहरी गाउ“पालिका, गढी गाउ“पालिकामा जडान कार्य भइरहेको उनले जनाए । मिटर दिनमा २० देखि ३० वटासम्म फेर्ने काम भइरहेको र यसको काम चा“डै सकिने उनले बताए । स्मार्ट मिटरको विशेषता कार्यालयबाट मिटर रिडिङ गर्न नपर्ने र बिल ग्राहकको मोबाइलमा म्यासेजमार्फत् आउने उनले जानकारी दिए । कार्यालयले लाइन काट्नु पर्दा घरघरमै जानु नपरी कार्यालयबाट नै काट्ने र सबै काम कार्यालयबाट गर्न सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले पूरै स्मार्ट तरिकाले सेवा दिने व्यबस्था मिलाएको र मिटर स्मार्ट भएपछि ग्राहकलाई धेरै सजिलो हुनेछ । रिडिङका विषयमा ग्राहकले बुझ्न नसके पनि मोबाइलको म्यासेजमार्फत् जानकारी लिन सकिने पनि उनले बताए ।