रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाको वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत सडक दुर्घटना न्युनिकरण नहुनुमा जिम्मेवारी कसको ? भन्ने विषयमा मा.वि स्तरीय वक्तृत्वकला प्रतियोगितामा मकवानपुर बाल विद्या सदनकी कुसुम खड्का प्रथम भएकी छिन् । उनले नगद पाँच हजार सहित विभिन्न पुरस्कार प्राप्त गरेकी छिन् । त्यस्तै, बालजागृति इंङ्गगलिस स्कुलकी ऋषिका श्रेष्ठ द्धितीय र आधुनिक राष्ट्रिय माविका कर्ण यादव तृतीय भएका छन् । उनीहरुले क्रमशः ३ हजार र २ हजार नगद सहित पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका थिए ।

कार्यक्रम रेडियोका स्टेसन म्यानेजर मणिराज गौतमको अध्यक्षता तथा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नारायणी संघका प्रवन्धक सरोज खनाल, संस्थागत विद्यालय अभिभावक संघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, जिल्ला अविभावक संघ मकवानपुरका अध्यक्ष ध्रुव प्रसाद चौलागाई, सार्वजानिक यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा प्राध्यापक ह्याग्रीव आचार्य, जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रहरी सहायक निरिक्षक श्रीप्रसाद थापामगर, नाराणी संघ हेटौंडाका कार्यालय प्रमुख समुन्द्रराज खड्का निर्णायक मण्डलमा रहेका थिए । प्रतियोगितामा मकवानपुरका १८ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमको छैटौं दिन भोली कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरिक्रिया हुनेछ भने अन्तिम दिन ७ गते थाहा सम्मान तथा १४ औ वार्षिकोत्सव समापन समारोह एवम् साहित्य सम्मेलन हुने रेडियोका स्टेसन म्यानेजर मणिराज गौतमले बताए ।

May be an image of 5 people, people sitting and people standing

May be an image of 5 people and people standing

May be an image of 13 people, people standing and indoor