बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ४ स्थित नारायणी मलमा नयाँ सुपर मार्केट सञ्चालनमा आउने भएको छ । असार १५ गते ग्राण्ड ओपनिङ गरेर मलमा भुटनदेवी सुपर मार्केट सञ्चालनमा आउने भएको सञ्चालक नवराज आचार्यले बताए । सञ्चालक आचार्यले नारायणी मलमा सुपर मार्केट सञ्चालन गरे उपभोक्ताहरुलाई सहज वातावरण सिर्जना हुने बताउछन् ।

सुपर मार्केट उद्घाटनका दिन हरेक सामानमा १० प्रतिशत छुटसँगै धोनी सावुन फ्रि दिने सञ्चालक आचार्यले बताए । सुपर मार्केटको मेम्बरलाई मलमा सञ्चालित डाइन एण्ड वाइन रेष्टुरेन्टमा, नारायणी मल्टी ब्राण्ड पसलमा १० प्रतिशत छुट त्यस्तै होटल सामनाको रेष्टुरेन्टमा १० प्रतिशत छुट हुनका साथै नारायणी मलमा सञ्चालित कलिउड सुपर डान्स एण्ड फिटनेस प्रालिमा भर्ना निःशुल्क दिने उनले बताए । सुपर मार्केटमा दश हजारको सामान खरिद गर्दा एनएस सिनेमा हलको एउटा टिकट फ्रि पाउने समेत रहेको छ ।