Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

ननिदाएका शिक्षक कार्यक्रमको तारिफ गर्दै शिक्षाविद् वाग्लेले भने- यो सरकारलाइ चुनौती हो

Company Register

नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको परिकल्पना तथा जिल्ला समिति मकवानपुरको संयोजनमा ननिदाएका शिक्षकहरु विषयक साप्ताहिक शैक्षिक कार्यक्रमको तेस्रो श्रृंखला शुक्रबार सम्पन्न भएको छ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापाको प्रमूख आतिथ्यतामा तेस्रो श्रृंखला सम्पन्न भएको हो । समिक्षकको भूमिकामा शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्ले र मिस नेपाल २०१८ कि बिजेता श्रृंखला खतिवडाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

कार्यक्रमका परिकल्पनाकार नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माले शुभकामना ब्यक्त गर्नुभएको कार्यक्रममा संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

लकडाउनसंगै देशको शिक्षा क्षेत्र अन्यौलग्रस्त हुनपुगेको र बिभिन्न टिक्का टिप्पणी हुन थालेपछि शिक्षाका क्षेत्रमा बिभिन्न नवप्रवर्तनीय प्रयासहरु हुन थालेका छन् । यसै सन्दर्भलाइ लिएर नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला समितिले ननिदाएका शिक्षकहरु विषयमा आफ्नो क्षेत्रमा शिक्षकले गरेका सकरात्मक शैक्षिक अभ्यासलाइ उजागर गर्न यस्तो कार्क्रमको आयोजना गरेको बताएको छ ।कार्यक्रमको तेस्रो श्रृंखलामा धादिङ जिल्लाको जनजागृति माविले लकडाउनको समयमा पनि पूर्व विद्यार्थीहरुलाइ स्वयम्सेवक शिक्षकको रुपमा परिचालन गरी विद्यार्थीको सिकाइलाइ निरन्तरता दिइएको विषयवस्तु प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको प्रस्तुती पछि समीक्षा गर्दै समिक्षक प्रा.डा.वाग्लेले संगठनको यस्तो प्रयास बिल्कुलै नौलो र प्रशंसनीय रहेको भन्दै खुलेर तारिफ गरेका थिए ।कार्यक्रममा बोल्दै उनले भने यो कार्यक्रम र संगठनको अभियानले सरकारलाइ नै चुनौती दिएको महशुस भएको छ । शिक्षामा अनेकौं बिकल्प हुँदारहेछन्, प्रस्तुती हेरेपछि महशुस भयो – उनले बताए । देशभरी छरिएर रहेका शिक्षकका नवप्रवर्तनीय कार्य प्रस्तुत गर्नु कार्यक्रमको उद्देश्य रहेको भन्दै परिकल्पनाकार नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माले मकवानपुर जिल्ला समिति कार्यक्रमका लागि बधाइको पात्र बनेको बताएका हुन् ।

यता प्रमूख अतिथि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापा भने मकवानपुर जिल्ला संगठनको मातृजिल्ला भएकोले पनि यसले आफ्नो विरासतलाइ कायम गरेको मात्र नभइ देशकै गौरव बढाएको बताएका छन् । कार्यक्रम ननिदाएका शिक्षकहरुले शिक्षकहरु उर्जाशील छन् भन्ने प्रमाणित गरेर देखाएको समेत बताएका हुन् ।

कार्यक्रमकी विशेष अतिथी मिस नेपाल २०१८ कि बिजेता श्रृंखला खतिवडाले पनि शिक्षक संगठनको कार्यक्रम ननिदाएका शिक्षकको उच्च प्रशंसा गरेकी छन् । शालीन स्वभावकी खतिवडाले आफ्नो अनुभवमा राम्रा शिक्षकसंगको अनुभूती साटासाट गर्दै शिक्षक भनेको सन्सारकै पहिलो दर्जामा रहनुपर्ने बताएकी हुन् । विकसित देशको तुलना गरेर हाम्रो शिक्षा पूर्ण नहुने तर्क गर्दै नेपालको जस्तो समाज र संस्कार विश्वका कुनैपनि मूलुकमा पढाइ नहुने बताएकी हुन् । काठमाण्डौ बसेर सुन्दै आएको बैकल्पिक शिक्षा पद्धती र वास्तविक शिक्षणअभ्यास फरक रहेको समेत उनले भिडियो हेरिसकेपछि प्रतिक्रिया दिएकी हुन् । कार्यक्रमको सफलताको कामना गर्दै खतिवडाले शिक्षक संगठनसंग आफ्नो गहिरो सम्वन्ध रहेको बताउँदै संगठनका संस्थापक आफ्ना हजुरबुबा बद्रीप्रसाद खतिवडालाइ पनि स्मरण गरेकी थिइन् ।

कार्यक्रममा धादिङ जिल्लाबाट जनजागृती माविका प्रधानाध्यापक लवणप्रसाद फूयाँल, सहायक प्रअ रामचन्द्र रुपाखेती, स्वयम्सेवक शिक्षक जुनु तामाङ, अभिभावक विश्वास आले लगायतकाले संक्षिप्त कुराकानीमा भाग लिएका थिए ।

साप्ताहिक रुपमा प्रत्येक शुक्रबार साँझ ८ बजेदेखि सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रशारण हुने कार्यक्रम ननिदाएका शिक्षकहरु संगठन जिल्ला प्रचार विभाग मकवानपुर प्रमुख सुनिल गौतमले सञ्चालन गरेका हुन् भने कार्यक्रमको बारेमा प्राप्त प्रतिक्रियालाइ प्राविधिक समिति सदस्य कृष्ण प्रसाद पोखरेलले प्रस्तुत गरेका थिए ।

देश विदेसमा समेत हेर्न सकिनेगरी तयार पारिएको कार्यक्रमलाइ मिडिया पार्टनरका रुपमा भने अनलानपत्र डट कमका पत्रकार जीवन आचार्य, द क्लिकर्स स्टुडियो हेटौंडा, पत्रकार ओम फूयाँल तथा टिम टिभि हेटौंडा रहेको संगठन अध्यक्ष श्रीराम दाहालले जानकारी दिएका हुन् । कार्यक्रमलाइ अनलाइनपत्र यूट्यूव च्यानलबाट पनि हेर्न सकिने छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...