मनहरीमा कार दुर्घटना, हेटौंडा-९ का विदुर गम्भीर

अनलाइन पत्र संवाददाता२०७९ जेष्ठ ०७ No Comments

हेटौंडा । मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा हेटौंडा-९ का योग्यराज सापकोटा (विदुर) गम्भीर घाइते भएका छन ।
शनिबार बिहान मनहरीबाट हेटौंडा तर्फ आउदै गरेको सापकोटा सवार प्रदेश-३-०१ ०२४ च २९३१ नम्बरको कार रोकिराखेको ट्याङ्करसँग ठक्करखादा दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । उक्त कारमा सापकोटा सहित उनकी श्रीमती सहित दुईजना बच्चा रहेको र सबै घाइते रहेको जनाइएको छ । घाइते ४ जनालाई उद्धार गरी उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज लगिएको र सापकोटाको र निजकी श्रीमतीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाइएको छ ।

प्रहरीले ट्याङ्कर तथा चालकलाई नियन्त्रणमा लिएको छ।

By अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author

Unique News

Ad
Ad