Comments Add Comment

मकवानपुरको बागमती गाउँपालिकामा आज र भोली सार्वजनिक विदा

मकवानपुरको बागमती गाउँपालिकाले दुईदिन सार्वजनिक विदा दिएको छ । आज फागुन १५ गते मगर समुदायको ४१ औं स्थापना दिवस र भोली फागुन १६ गते माझी समुदायको मौलिक पर्व लदी (कोशी पूजा) पर्वको अवसरमा गाउँपालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानद्धारा जारी सूचनामा उक्त विदामा पालिकाको अत्यावश्यकीय सेवा बाहेक पालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्था बन्द रहने उल्लेख गरिएको छ ।

May be an image of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर