एमालेका ८ मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाए

नेकपा एमालेबाट मन्त्री बनेकाहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष एमालेका सबै ८ मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई थिए । एमालेको सोमबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

अनलाइनपत्र संवाददाता

Next Post

हेटौंडामा नेपाल मगर संघ मकवानपुरले मनायो ४१ औं स्थापना दिवस

Tue Feb 28 , 2023
नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरले संघको ४१ औं स्थापना दिवस शुभकामना आदानप्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम गरि भब्य रुपमा मनाएको छ । हेटौंडा –१२ स्थित लखन थापामगर स्मृति वाटिकामा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता र संघका अध्यक्ष सन्देश तुम्सिङ्ग मगरको सभाध्यक्षतामा कार्यक्रम भएको हो । […]

सम्बन्धित खबर