Comments Add Comment

हेटौंडामा नेपाल मगर संघ मकवानपुरले मनायो ४१ औं स्थापना दिवस

नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरले संघको ४१ औं स्थापना दिवस शुभकामना आदानप्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम गरि भब्य रुपमा मनाएको छ । हेटौंडा –१२ स्थित लखन थापामगर स्मृति वाटिकामा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता र संघका अध्यक्ष सन्देश तुम्सिङ्ग मगरको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै मेयर लामाले मगर समुदायको भाषा, भेषभूषा, संस्कृति संरक्षण र सम्वर्द्धनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । मगर संघ मकवानपुरको आफ्नो भवन नरहेको र आगामी बजेटमा मगर संघको भबनको लागि पनि बजेट बिनियोजन गर्ने मेयर लामाले बताउनुभयो ।

संघका केन्द्रीय अनुशासन बिभाग प्रमुख अशोक शारु मगरले कार्यक्रममा बोल्दै सम्पुर्ण मगरहरु एकजुट हुन पर्ने र एकजुट भए मात्रै मगरात प्राप्ति हुने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय कलाकार र स्थानिय कलाकारहरुको मगर संस्कृति झल्किने गायन र नृत्य सहितको बेजोड प्रस्तुती रहेको थियो ।कार्यक्रममा संघका केन्द्रीय सदस्य अमृता थापा मगर, बागमती प्रदेश सदस्य तथा मकवानपुर ईन्चार्ज रामकुमार वोगटी मगर, संघका पुर्ब अध्यक्षहरु, भातृ संस्थाको अध्यक्षहरु, संघको हे.उ.न.पा. समितिको अध्यक्ष भरत ठाडा मगर, गुठिका अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।

No description available.

मगर समुदायले २०१२ मा स्थापना भएको तत्कालीन अवस्थामा मगर समाज सुधार समितिको नामबाट देशभरका मगर जातिलाई एक ठाउँमा उभ्याउने प्रयास भएयता विभिन्न चरणमा संस्थाको नाम परिमार्जन हुँदै हाल नेपाल मगर संघ हुन आएको ऐतिहासिक दिन भएकोले २०३९ सालदेखि हरेक वर्ष फागुन १५ गते स्थापना दिवस मनाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर